कांग्रेस नेता बाँस्तोलाको अवस्था गम्भीर

44

काठमाडौं, असोज २७।

कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको अवस्था गम्भीर भएको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारार्थ उनलाई अस्पतालले शनिबार ४ बजे डिस्चार्ज गरेको थियो । उनी अहिले खुमलटारस्थित निवासमा छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बाँस्तोलाको अवस्था निकै गम्भीर छ । चिकित्सकको सल्लाह बमोजिम बाँस्तोलालाई घर लगिएको छ । बास्तोला झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा थिए । १४ पुस २०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोलालाई ब्रेन अट्याक भएको थियो । भारतको मेदान्त अस्पतालमा सात महिना उपचारपछि उनलाई घर ल्याइएको थियो ।

 

फोटो साभारः अनलाइन खबर डट कम

Womui
Womui