१ करोड रुपैयाँ लागतमा फुटसल निर्माण

140

नेपालगन्ज, असोज २७ ।


करिब १ करोड रुपैयाँको लागतमा फुटसल सेन्टर निर्माण गरिएको छ । नेपालगन्ज फुटसल सेन्टरमा आवश्यक सबै सुविधाहरू उपलब्ध हुने सञ्चालक मध्येका एक केशव रानाले बताए । रानाका अनुसार सेन्टरमा फुटबलसँग सम्बन्धित स्पोर्टस् किड्सहरू पनि किन्न सकिने छ । त्यस्तै सुविधायुक्त चेन्जिङरुम, वासरुम, क्यान्टिनसमेत रहेको सेन्टरमा सुरक्षार्थ चारैतिर सीसीटीभी क्यामेरा पनि जडान गरिएको छ । सेन्टर बिहान ६ बजेदेखि राति ९ बजेसम्म सञ्चालनमा आउने छ । सञ्चालक रानाका अनुसार प्रत्येक टीमलाई मासिक निश्चित शुल्क लिएर सदस्यता प्रदान गरिने छ । प्रत्येक टीमले आफूले छनोट गरेको समयमा प्रतिदिन एक घण्टा खेल्न पाउने छ ।
नेपालगन्ज फुटसल एण्ड रिक्रियशनल सेन्टरको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले रिबन काटेर उद्घाटन गरेकी हुन् ।

Womui
Womui