नेबिसंघ सभापतिका लागि ३२ वर्षे हदबन्दी

48

छिनछिन खबर
काठमाडौ, असोज २२ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको सभापति हुन ३२ वर्ष उमेर हदबन्दी तोकिएको छ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा उक्त प्रस्ताव बहुमतले पारित भएको हो । नेविसंघ सभापतिको उमेर हद ३२ हुने गरी निर्देशक समितिका संयोजक डा प्रकाशरण महतले बैठकमा प्रस्ताव पेश गरेका थिए । पार्टीको संस्थापन पक्ष नेविसंघको सभापति बन्न ३२ वर्षे हदबन्दी लगाउने पक्षमा थियो भने अर्को समूह हदबन्दी हटाउने पक्षमा थियो ।


संघको सभापतिका लागि ३२ वर्षे हदबन्दी लागू भएमा संस्थापन पक्षका विद्यार्थी नेताको सभापतिमा सम्भावना बढी हुने भएकाले सहमहामन्त्री महत हदबन्दीको पक्षमा थिए । महत संयोजक रहेको निर्देशक समितिले विधान संशोधन गर्न र महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न संघलाई निर्देशन गरेको थियो । नेबिसंघ कार्यसमितिले प्रस्तुत गरेको भन्दा पार्टीको निर्देशक समितिले पेश गरेको विधान फरक रहेकोले वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले आपत्ति जनाएका छन् ।

Womui
Womui