एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीलाई अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगको निर्देशन

53

छिनछिन खबर
काठमाडौं, असोज २१ । राष्ट्रिय मानवअधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि हत्याबारे दोषी पत्ता लगाउन नसकेपछि सरकारलाई तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट र बम दिदीबहिनीलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको छ ।
आयोगले पठाएको निर्देशनमा भनिएको छ, “लाश फेला परिसकेपछि उखुबारीमा घटनास्थल तथा त्यहाँ रहेका प्रमाणहरुको संरक्षण उचित ढंगले स्थानीय प्रहरीबाट भएको नपाइएको, प्रमाण संरक्षण र संकलनको अतिरिक्त प्रमाण नष्ट गरेको पाइएको, अपराधी पत्ता लगाउत प्रशिक्षक कुकुर परिचालन गरेको नपाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख घटनास्थलमा आफैं उपस्थित भई आवश्यक सूचना प्रवाह तथा समन्वय गरेको नपाइएकाले निजमाथि थप अनुसन्धान गरिनुपर्ने ।”

त्यसैगरी बुँदा नम्बर ४ मा भनिएको छ, “निर्मला पन्त हराएकै दिन निजकी आमाले रोशनी वम र वविताको घरमा खानतलासीसमेत गरी खोजी कार्य गर्न अनुरोध गरेकोमा सो समेत गरेको नपाइएको हुँदा निजहरुलाई समेत शंकाको घेरामा राखी अनुसन्धान गर्न ।”
त्यसैगरी शंकास्पद् व्यक्तिहरुको डीएनए परीक्षण गरिएको भनिएता पनि उक्त ल्यावमा प्रयोग गरिएका औजार, रसायनको प्रयोग, यौनिक स्वाब सुरक्षा र वीर्य परीक्षण गर्न पर्याप्त तत्वहरु थियो वा थिएन सो को समेत पुनः विश्लेषण तथा जाँच गरी यकिन गर्न भनिएको छ ।

Womui
Womui