त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित ७ जना पक्राउ

186

छिनछिन खबर
काठमाडौं, असोज ४ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार सुनसहित ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले ७ सय १६ ग्राम सुनसहित सिन्धुपाल्चोक हेल्मबु गाउँपालिका–५ घर भएका २९ वर्षीय मनोजकुमार तामाङसहित ७ जनालाई पक्राउ गरेको हो ।


नेपाल एयरलाइन्सको जहाजद्वारा बैंककबाट काठमाडौं आएका तामाङ समेतलाई विमानस्थलको पार्किङ एरियाबाट शंका लागेर जाँच गर्दा सुन प्रहरीले फेला पारिएको प्रहरीले जनाएको छ ।

Womui
Womui