कोहलपुरमा प्रथम उपमेयर छात्रा क्रिकेट प्रतियोगिता

34

गणेश राई
कोहलपुर, जेठ २६- 

प्रथम उपमेयर छात्रा क्रिकेट रनिङ शिल्ड प्रतियोगिता–२०७४ कोहलपुरमा सुरु भएको छ । कोहलपुरस्थित प्रस्तवित अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जुकुमारी चौधरी र जिल्ला शिक्षा समन्वय समिति बाँकेका प्रमुख गोरखबहादुर थापाले शनिबार संयुक्त रुपमा प्रतियोगिता उद्घाटन गरेका हुन् । समन्वय समिति बाँकेका प्रमुखले फालेको बललाई ब्याटले हिर्काएर उपप्रमुख चौधरीले प्रतियोगिताको सुभारम्भ गरेकी थिईन् । ‘छात्रा क्रिकेट हाम्रो सान, कोहलपुरको सान’ भन्ने मुख्य नाराका साथ सुरु भएकोे प्रतियोगितामा नगरभित्र सञ्चालनमा रहेका १२ वटा बिद्यालयका छात्रा टिमले सहभागीता जनाएका छन् ।

बाँकेको कोहलपुर क्षेत्रलाई महिला क्रिकेटको उर्बर भुमिका रुपमा समेत हेर्ने गरिन्छ । त्यसलाई मध्यनजर गर्दै कोहलपुर नगरपालिकाले छात्राहरुलाई खेल प्रति आकर्षित गर्न प्रतियोगिता संचालन गरेको कोहलपुर नगरपालिकाकी उप–प्रमुख सन्जुकुमारी चौधरीले बताईन् । कोहलपुर क्षेत्र भित्र रहेका सामुदायिक र निजी बिद्यालय गरि १२ वटा बिद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन् । प्रतियोगिता उद्घाटन शत्रमा बोल्दै जिल्ला शिक्षा समन्वय समिति बाँकेका प्रमुख थापाले कोहलपुर नगर छात्रा क्रिकेटका लागी उर्बर भुमि भएको र यस क्षेत्रबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन भईसकेको भन्दै खुसी ब्यक्त गरे ।

प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन नमुना मा.वि. विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको बागेश्वरी एकेडेमी कोहलपुरले निर्धारित १५ ओभरमा ६८ रन जोड्न सफल भएको थियो । ६९ रनको झिनो लक्ष्य पछ्याएको त्रिभुवनले मात्र ७ दशमलव ३ ओभरमै लक्ष्य पुरा गरेको थियो । त्यसैगरी शनिबार नै सम्पन्न दोस्रो खेलमा रामजानकी मा.वि. ले सगरमाथा ज्ञानपुञ्जलाई पराजित गर्दै जित निकालेको छ । रामजानकीले ६ रनको रोचक जित निकाल्न सफल भएको हो ।

Womui
Womui