विपन्न बस्तीमा निःशूल्क शिविर

103

नेपालगन्ज, जेठ २६-
नेपालगन्जको वडा नम्बर १२ मा निःशुल्क स्वास्थ्य शिविरसम्पन्न भएको छ । अति विपन्न समुदायलाई टेवा पुग्ने गरी स्वास्थ्य शिविर आयोजना गरिएको हो । वडा नम्बर १२ बेलासपुरको चिडिमार टोलमा गरिएको निःशूल्क स्वास्थ्य शिविरमा १ सय बढी बिरामीले स्वास्थ्य जाँच गराएको शिविरका प्रमुख डा. शुभाष योगीले बताए । यस शिविरमा धेरै गम्भीर खालका बिरामी पनि देखिएको हुँदा उनीहरुलाई नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा भर्ना हुन रिफर गरिएको उनले बताए ।

त्यस्तै निःशूल्क स्वास्थ्य शिविरमा आँखा सम्बन्धी धेरै आएको हँुदा सम्बन्धित आँखा विशेषज्ञलाई देखाउन सुझाव दिएको डा. नितु बस्नेतले बताइन् । वडा नम्बर १२ को आयोजना र नेपालगन्ज मेडिकल कलेजको सहयोग रहेको शिविरमा अस्पतालमा रिफर गरिएका बिरामीहरुलाई केही छुट गर्ने नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका प्रशाशन प्रमुख कुमार अधिकारीले बताए । शिविर सञ्चालनका क्रममा वडाअध्यक्ष बुद्धिसागर सुवेदी, नेपालगन्ज मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा. योगी, मेडिकल अधिकृत डा.नितु बस्नेत, कुमार अधिकारी, वडा सदस्य दिनेशराज पन्त लगायत धेरै स्थानीयको सहभागिता रहेको थियो ।

त्यस्तै शनिबार नै भेरी बृद्ध तथा असहाय सेवा केन्द्र नेपालगन्जले वडा नम्बर १४ को बाले गाउँमा निःशूल्क औषधी वितरण तथा स्वास्थ्य शिविर आयोजना गरेको छ । नेपालगन्ज मेडिकल कलेजको सहयोगमा गरिएको उक्त स्वास्थ्य शिविरमा डा.सुभाष योगी लगायत डा.नितु बस्नेतले ४५ जना बृद्ध बृद्धाको स्वास्थ्य जाँच गरेका थिए ।

Womui
Womui