४५ लाख रुपैयाँ ब्लडमनी बुझाएर साउदी जेलबाट मुक्त भए स्थानेश्वर भुसाल

42

छिनछिन खबर
काठमाडौं, जेठ १५ । सवारी दुर्घटनामा दोषी हठरिएपछि साउदी अरेबियाको जेलमा रहँदै आएका नवलपरासीका स्थानेश्वर भुसाल जेलमुक्त भएका छन् । रोजगारीका लागि साउदीमा रहेका भुसालले चलाइरहेको गाडीले अर्को गाडीलाई ठक्कर दिँदा २०६९ जेठ २६ गते दुई साउदी नागरिकको ज्यान गएको थियो ।


साउदी नागरिकको ज्यान गएपछि अदालतले उनलाई दोषी करार गरेको थियो । जेलमुक्त हुन मृतकका आफन्तले ४५ लाख रुपैयाँ ब्लडमनी मागेका थिए । ब्लडमनी जुटाउन नसक्दा भुसाल पाँच वर्षदेखि साउदी जेलमा रहँदै आएका थिए । उनी रोजगारीका लागि २०६८ साल असोज ६ गते साउदी गएका थिए ।

उनलाई छुटाउन विभिन्न देशमा रहेका नेपाली र सामाजिक संघसंस्थाले सहयोग गरेका थिए । जेल मुक्त भएपछि भुसाल एक दुइदिन भित्रै स्वदेश फर्कने तयारी गरेका छन् ।

Womui
Womui