दोस्रो नेपालगन्ज फोटो फेस्टिवलको तयारी तीव्र

149

नेपालगन्ज, वैशाख २१-
अन्तरालले आयोजना गर्न लागेको दोस्रो नेपालगन्ज फोटो फेस्टिवलको तयारी तीव्र पारिएको छ । अन्तरालको भगीनी संस्था अन्तराल फोटो बैंकले सहकार्य गरेको उक्त फेस्टिवलको तयारी स्वरुप नेपालगन्जमा कार्यरत फोटो पत्रकार एवम् स्वतन्त्र रुपमा फोटोग्राफीमा संलग्नबीच शुक्रबार अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रमका सहभागीले फोटो फेस्टिवल यस क्षेत्रकै लागि एउटा महत्वपूर्ण अवसर भएकोले भव्यताका साथ सफल पार्नु सबैको दायित्व भएको बताएका छन् । सो अवसरमा बोल्दै पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष रुद्र सुवेदीले फेस्टिवलले यस क्षेत्रको फोटो पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान दिएको बताए । महासंघका पूर्वअध्यक्ष शुक्रऋषि चौलागाईले फेस्टिवलले यस क्षेत्रको पर्यटन, सँस्कृति र पहिचानलाई उजागर गरेको धारणा राखे । नेपालगन्ज फोटो वाकर्सका संयोजक विशाल रानामगरले फेस्टिवलले यस क्षेत्रका फोटोग्राफीमा रुची राख्ने सबै लागि ठुलो अवसर भएको बताए ।
अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले ६ वटा विधामा १÷१ जना पुरस्कृत गरिने र १ जनाले वर्ष फोटो उपाधी पाउने बताए । दैनिक जनजीवन, पर्यटन र सँस्कृति, खेलकुद, वन्यजन्तु र प्रकृति, समाचार फोटो र नेपाल स्माइल विधा रहेको फेस्टिवलमा प्रदेश नम्बर ५, ६ र ७ मा २ वर्ष यता खिचिएका तस्बिर प्रतिस्पर्धाका लागि समावेश गरिने बताइएको छ ।

Womui
Womui