बाँकेको खजुरामा चारलेन सडक बन्ने पक्का

253

नेपालगन्ज, वैशाख २१-
बाँकेको खजुरा गाउँपालिका क्षेत्रमा करिव २ किलोमिटर सडक चारलेन बनाइने भएको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गरेर चारलेन सडक बन्ने भएकाले अतिक्रमित संरचना सात दिनभित्र हटाउन जानकारी दिएको हो ।
सडक डिभिजन कार्यालय नेपालगन्ज बाँके अन्तर्गतको नेपालगन्ज-गुलरिया सडकको १ नम्बर खजुरा बजारको सुरुदेखि इलाका प्रहरी कार्यालय धनौली हुँदै करिव १ सय मिटर पश्चिमसम्म सडक खण्डको दायाँ/बायाँ १५-१५ मिटरमा पर्ने सम्पुर्ण घर, टहरा र संरचना हटाउन गाउँपालिकाले सूचना जारी गरेको हो ।

सडक डिभिजनमार्फत गजुरमुखी निर्माण सेवा प्रा.लिले करिव २१ करोड ३४ लाखको लागतमा उक्त सडक खण्ड निर्माण गर्न लागेको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । सडक निर्माणका लागि आवश्यक सर्बे भइसकेको र संरचना हटे लगत्तै काम सुरु हुने उनले बताए । स्थानीय घरधनीलाई समयमै संरचना हटाएर सहयोग गर्न अध्यक्ष कक्षपतिले आग्रह गरेका छन् ।

यो सँगै दोस्रो चरणमा नेपालगन्ज-गुलरिया सडकको बर्दियाको भादा नदीदेखि सदरमुकाम गुलरिया बजारसम्म २ किलोमिटर २ सय मिटर खण्ड पनि चारलेन बनाईने भएको छ । उक्त सडक खण्डको पनि गजुरमुखी निर्माण सेवा प्रा.लिले नै निर्माण गर्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।

Womui
Womui