पहिरोमा परेर ४ को मृत्यु

110

ताप्लेजुङ, भदौ १८–
पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । एक महिलाको शव शनिवार अपरान्ह फेला परेपछि पहिरोमा पुरिएका चारै जनाको मृत्यु भएको पुष्टी भएको हो । पहिरोमा परी बेपत्ता ताप्लेजुङ नगरपालिका वार्ड नं ८ का सुब्बेनी ठूली भनेर चिनिने दिलकुमारी पालुंवाको शव सुरक्षाकर्मीको टोलीले उनकै घरको तल्लो भागमा पुरिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले बताए ।

pahiro @ Taplejung

यसअघि पहिरोले पुरेको नगरपालिका वार्ड नं २ निरौला टोलका टीका मगरको पहिरोले बगाउँदा टीका श्रीमती अन्दाजी २८ बर्षिय बिमला र छोराहरु ९ बर्षिय ललित र ७ बर्षिय मनोजको शव बिहानै फेला परेको थियो । मृतक दिलकुमारीकी बहिनी कृष्णकुमारीको जिल्ला अस्पतामा उपचार भई रहेको छ । उनलाई घाईते अवस्थामा सुरक्षाकर्मी र स्थानीयको टोलीले उद्धार गरी जिल्ला अस्पताल ल्याएको थियो । पहिरोले अहिले सम्म ५८ घर परिवार बिस्थापति भएका छन् ।

Womui
Womui