साँस्कृतिक संघ बाँकेमा पौडेल

149

कोहलपुर, भदौ १८–
नेपाली काँग्रेस निकट नेपाल साँस्कृतिक संघ बाँकेको अध्यक्षमा सन्तोषराज पौडेल निर्वाचित भएका छन् । कोहलपुरमा शनिबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति पदाधिकारी निर्विरोध निर्वाचित गरेको हो । समितिको उपसभापतिमा दीपक भण्डारी, सचिव भुवन भट्टराई, सहसचिव शिवध्वज शाही र कोषाध्यक्षमा पुष्पराज आचार्य रहेका छन् ।

Saskritik Sang 1

यस्तै सदस्यहरुमा क्रमशः लक्ष्मी बिसी, विशाखर जैसी, मधु पौडेल, सविता रावत, सृजनासिंह ठकुरी र ईन्द्रबहादुर थापा चयन भएका छन् । अधिवेशन उद्घाटन शत्रमा बोल्दै नेपाल साँस्कृतिक संघका केन्द्रीय अध्यक्ष तिर्थ थापाले साँस्कृतिले देशको प्रतिनीधित्व गर्ने भएको हुँदा सबै नेपालीका लागि नेपाली सँस्कृती प्यारो भएको बताए । कला, गीत संगीत, भाषा, भेषभुषाको माध्यमबाट नेपाली सँस्कृतीको पहिचानलाई कायम गरेकाले साँस्कृतिक पहिचानलाई कायम राख्नुपर्ने धारणा राखे ।

Saskritik Sang 2

कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईराला, जिल्ला सचिवद्धय तप्त पौडेल र कपिलदेव शर्मा, नेपाली काँग्रेस बाँके क्षेत्र नम्वर १ का सभापति माधवराम खत्री, क्षेत्रीय सचिव डिल्ली गिरी, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

Womui
Womui