शालिक हटाएको विरोधमा आज प्रर्दशन

107

नेपालगन्ज, भदौं १८–
पुर्वराजा स्व. वीरेन्द्रको शालिक हटाएपछि बाँकेको राजनीति तरंगित बनेको छ । राजतन्त्र समर्थित राष्ट्रवादी युवा शक्तिको अगुवाईमा बिहीबार बिहान ढलोटबाट निर्मित अर्धकधको शालिक पुनःस्थापना गरिएको थियो । जनआन्दोलन २०६२/६३ मा हटाइएको पुर्वराजाको शालिक पुनःस्थापना गरिएपछि नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायत राजनीतिक दलले स्थानीय प्रहरी प्रशासनलाई चर्को दवाव दिएका थिए । राजनीतिक दलको दवाव खेप्न नसकेर प्रशासनले २४ घण्टा नबित्दै बलपुर्वक हटायो ।

7

शालिक हटाएपछि आक्रोशित बनेका राजतन्त्र पक्षधरले शनिबार नेपालगन्जमा विरोध प्रर्दशन गर्दै छन् । बिहान ११ बजेतिर स्थानीय त्रिभुवन चोकमा प्रर्दशन हुन लागेको हो । प्रर्दशनमा ठुलो संख्यामा सर्वसाधारणलाई उपस्थित गराउने राप्रपा नेपाल बाँकेका अध्यक्ष ऋषिराज देवकोटाले जानकारी दिएका छन् । प्रर्दशनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले नेपालगन्जका विभिन्न चोक, सडकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

Womui
Womui