दाङको हापुरेमा शाखा खोल्ने भार्गव बैंकको तयारी

82

नेपालगन्ज, भदौं १४–
भार्गव विकास बैंक लिमिटेडले दाङको हापुरेमा शाखा खोल्ने कार्य अन्तिम चरणमा पु¥याएको छ । यस्तै दाङको लमही र बर्दियाको गुलरियामा शाखा खोल्नको लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भइसकेको र छिट्टै खोल्ने तयारी गरिएको बंैकले जनाएको छ । बैंकको हाल बाँके, बर्दिया र दाङमा ८ वटा शाखा सञ्चालनमा रहेका छन् । बैंकले आफ्नो १० औं बार्षिक उत्सवका अवसरमा यसबारे जानकारी गराएको हो । बार्षिक उत्सवका अवसरमा शाखा कार्यालय तुलसीपुर दाङमा रेडक्रससँगको सहकार्यमा रक्तदान सम्पन्न गरेको छ ।

BHARGAV

यस्तै सामाजिक उत्तरदायित्व अन्र्तगत दाङ, घोराही स्थित जेष्ठ नागरिक सरोकार केन्द्रमा शुद्ध पानी पिउनको लागि अक्वागार्ड मेसिन तथा डाइनिङ टेबल वितरण गरियो । बैंकका अध्यक्ष डम्बर बहादुर थापाले आश्रमका अध्यक्ष नारायणप्रसाद शर्मालाई हस्तान्तरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले जानकारी दिएका छन् । बैंकले आर्थिक वर्ष २०७२/७३ मा ४ करोड ५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

यस्तै १ अर्व ५४ करोड निक्षेप संकलन गरी एक अर्व १४ करोड कर्जा प्रवाह गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम तोकिएको समयावधी भित्र नै हकप्रद तथा बोनश शेयर जारी गरी पुँजी पु¥याउने गृहकार्य अगाडी बढाइएको बैंकले जनाएको छ । उक्त बैंकले बैंकिङ सेवाको माध्यमबाट राष्ट्रको आर्थिक विकास, ग्राहक बर्गको बैंकिङ आवश्यकता, बचतकर्ताको रकमको सुरक्षा र लगानीमा उच्चतम प्रतिफलका लागि सदा प्रयत्नशिल रहेको र अझै प्रतिवद्ध रहने प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

Womui
Womui