बस दुर्घटनामा २१ को मृत्यु

117

राैतहट, भदौ १०

यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा २१ जनाको ज्यान गएको छ । गाैरदेखि पोखराका लागि छुटेको ग१ख३७०९ नम्बरको बस त्रिशूली नदीमा खस्दा २१ यात्रुको ज्यान गएको छ। मृत्यु हुनेमा रञ्जन यादव (३५)- मुडबेलुवा, रौतहट,प्रमोद राम (२५)- मोहम्मदपुर-८, रौतहट, राजेशप्रसाद यादव (३३) मुडबेलुवा, रौतहट, राजेश यादव (३४)- लौकाहा, रौतहट र गणेशकुमार साह (२५)- बसन्तपुर-१ रौतहटका रहेका छन् । मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत चन्डीभन्ज्याङ गाविसको कालीखोलास्थित त्रिशूली नदीमा बस खसेको हो। दुर्घटनामा घाइते भएका १७ जनाको उद्धार गरी अस्पताल पठाइएको छ। घाइतेहरुको चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य बेपत्ताको खोजी भइरहेको चितवनका प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए। मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ सडकबाट झन्डै एक सय मिटर तल बस त्रिशूलीमा खसेको थियो ।

Womui
Womui