प्रजातान्त्रिक समुहको सक्रियता बढ्यो, महिला उद्यमी खजुरामा

147

नेपालगन्ज, भदौं ८–
नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा होमिएको गोपालप्रसाद अधिकारी नेतृत्वको प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले मंगलबार पनि मतदाता भेटघाटलाई तिव्रता दिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन आफ्नो पक्षमा पर्ने रणनीतिमा लागेको उक्त समुहले कारकाँदो, भुजइगाउँ र हवल्दारपुरका मतदातासँग आफ्ना चुनावी एजेण्डा, व्यवसायिक मुद्दाका बारेमा जानकारी गराउँदै भेटघाट गरेको हो ।

Mahila ko Ghar dailo

सो टोलीको नेतृत्व गरेका अध्यक्ष पदका उम्मेदवार अधिकारीले उद्योग वाणिज्य संघभित्र प्रजातान्त्रिक परिपाटीको विकास गर्न आफ्नो समुहलाई विजयी गराउनुपर्ने बताएका थिए । त्यसक्रममा मतदाताले व्यवसायिक मुद्दामा अब्बल मानिएको गोपालप्रसाद अधिकारी नेतृत्वको टिमलाई जिताउने प्रतिवद्धता जनाएको उपाध्यक्ष (उद्योग) तर्फका उम्मेदवार प्रदिपकुमार गुप्ताले जानकारी दिए । मतदातालाई भेटघाट गरेर फर्किएको उक्त समुहका उम्मेदवारले नेपालगन्जमा मंगलबार आयोजित संवाद कार्यक्रममा सहभागिता जनाएको वाणिज्य(उपाध्यक्ष) पदका उम्मेदवार अमित बस्नेतले जानकारी दिएका छन् ।

यसैबीच प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहको पक्षमा प्रचार गर्दै आएका महिला उद्यमी तथा महिला नेतृहरुले मंगलबार बाँकेको खजुरा क्षेत्रका मतदातालाई भेट गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व कार्यसमिति सदस्य माया गुरुङको नेतृत्वमा ठुलो संख्यामा पुगेका महिलाहरुले व्यापारीलाई भेटघाट गरी प्रजातान्त्रिक समुहलाई विजयी गराउन आग्रह गरेका थिए । खजुराका व्यवसायीले गोपालप्रसाद अधिकारी लगायत प्रजातान्त्रिक समुहका अधिकांस उम्मेदवारको व्यक्तित्वका विषयमा खुलेरै प्रशंसा गरेको गुरुङले बताईन् । सो क्रममा खजुरा क्षेत्रकी महिला अगुवा एवम् काँग्रेस नेतृ झुकमाया जिएम, महेन्द्र मल्ल ठकुरी लगायतले घरदैलोमा हिडेका महिलालाई साथ दिएको बताइएको छ ।

Womui
Womui