धारिलो हतियार प्रयोग गरी बाबुको हत्या

26

दाङ, भदौ ४–
धारिलो हतियार प्रयोग गरी एक व्यक्तिले आफ्नै बाबुको हत्या गरेका छन् । दाङको हाँसीपुर–२ गोख्ले निवासी २६ वर्षीय हसन मियाँले ५५ वर्षीय बाबु अमिन मियाँको धारिलो हतियार र दाउराले आक्रमण गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहका अनुसार हसनले बाबु अमिनलाई धारिलो हतियारले टाउको र घाँटीमा प्रहार गरी हत्या गरेका थिए । हत्यापछि हसन फरार रहेका छन् । अभियुक्तको खोजी कार्य जारी रहेको दाङ प्रहरीले जनाएको छ । बाबुको हत्या गर्ने हसनको मानसिक सन्तुलन ठीक नभएको भन्ने कुरा स्थानीय बासिन्दाले गरेको प्रहरीको भनाई छ ।

Womui
Womui