दुई महिनापछि खुल्यो कर्णाली राजमार्ग

48

जुम्ला, भदौ ४–
अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएर अवरुद्ध कर्णाली राजमार्ग दुई महिलापछि खुलेको छ । जुम्ला कोलकोट खण्डको जुविथा– ९ खल्लागाड र राचुली गाविसको खण्डमा पहिरो जादा सडक अवरुद्ध भएको थियो । खल्लागाडको खोला बढेको र राचुलीमा पहिरो जाँदा रोकिएको सडक शुक्रबार साँझदेखि खुलेको हो । सडक खुलेसँगै राजमार्गकाबीचमा सवारी साधन सदरमुकाम खलंगा पुगेका छन् भने खलंगादेखि सुर्खेत नेपालगंज छुट्ने बस छुट्न थालेका छन् ।

Karnali Rajmarga

राजमार्ग अवरुद्ध हुँदा खल्लागाडसम्म लिएर अर्को बसमा यात्रुलाई चढाएर यात्रुलाई पठाउनु परेको कर्णाली यातायात व्यवसायी संघ जुम्लाका अध्यक्ष मिनबहादुर थापाले जानकारी दिए । उनका अनुसार कालिकोट खण्डको खल्लागाड खण्ड सवै भन्दा कठिन थियो । सडक डिभिजन कार्यालयले वर्षा भइरहुन्जेल सम्मकालागि एक स्काईभेटर खटाएर अवरुद्ध हुने वित्तिकै खुलाउने प्रवन्ध गरेपछि अहिले नियमित रुपमा सवारी सञ्चालनमा आएका हुन् । यसअघि जुम्लाबाट पूर्व सांसद देविलाल थापाको नेतृत्वमा खल्लागाड खण्डको अनुगमन गरी सडक डिभिजन कार्यालयलाई नियमित सवारी सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएपछि अहिले यात्रुलाई सहज भएको हो । अनुगमन टोलीले जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद, प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारी सहितको सरोकारवालालाईसमेत ध्यानाकर्षण गराएको थियो।

कर्णाली राजमार्गमा निर्माण हुने आधा दर्जन बढी पुल नवन्दा यो सडकमा चल्ने सवारी र यात्रुले निकै समस्य झेल्नु परेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले अव सामान्य पहिरो आउने वित्तकै सडक अवरुद्ध नहुने बताए । निरन्तर रुपमा सडक डिभिजन कार्यालय कर्णाली संग समन्वय गरेर राजमार्ग सञ्चालनबारे जानकारी लिइरहेको भन्दै अवरुद्ध हुने वित्तिकै खुलाउने गरि निर्देशन गरिएको उनको भनाइ छ । उनका अनुसार कर्णाली राजमार्ग खुलाउने विषयमा भौतिक पुर्वाधार तथा निर्माण मन्त्रालय, सडक विभाग, क्षेत्रीय सडक निर्देशनालय, जुम्ला सुर्खेत सडक निर्माण आयोजनादेखि सडकसँग सरोकार राख्ने सवै निकायसँग समन्वय भइरहेको छ । नागरिकमा खबर छ ।

Womui
Womui