गाउँका मतदाता भेट्दै समावेशी प्यानल

206

नेपालगन्ज, भदौ ३–
समावेशी प्यानलले जिल्लाका विकट क्षेत्रका मतदातासँग भेटघाट गरेको छ । समावेशी प्यानलका उम्मेदवारहरु गाउँ पस्न थालेसँगै नेपालगञ्ज नगर भन्दा बाहिर समेत समावेशी प्यानलको प्रभाव देखिन थालेको छ । मधेशी समुदायबाट अध्यक्ष पदका दावेदार मानिएका नन्दलाल बैश्य लगाएतका समावेशी प्यालनका सम्पूर्ण उम्मेदवारहरुले शुक्रबार बनकटुवा, शम्शेरगञ्ज, चिसापानी, खासकुस्मा लगायतका क्षेत्रका मतदातासँग भेटघाट गरेका हुन् ।

Samabesi Panal

ग्रामिण भेगमा समेत बैश्य प्यानलको पक्षमा ठुलो जनलहर देखिएको भन्दै यसले आफ्नो जित सुनिश्चित बनाइएको सदस्य पदका एक उम्मेदवारले जनाए । उनका अनुसार समावेशी प्यानल साचिकै समावेशी भएको र यसका प्रतयस सदस्यहरु भविष्यमा नेतृत्व हा“क्न सक्ने क्षमतावान भएको भन्दै अधिकाशं मतदाताले खुसी ब्यक्त गरेका थिए । सामुहिक रुपमै चुनावी प्रचारमा होमिएको समावेशी प्यानलले घाम पानीको प्रवाह बिना मतदाताहरुलाई चुनावमा सहभागी हुन आग्रह गर्दै आएका छन् । मतदाताको भोट नै आफुहरुको शक्ति भएकाले सक्षम र काम गर्न सक्ने टिम जिताएर ब्यापारीक हत, हित सुनिश्चित गर्न उनिहरुले मतदातालाई आग्रह गर्दै आएका छन् ।

Womui
Womui