अब सवारी लाइसेन्स लिन उमेर २१ वर्ष, शैक्षिक योग्यता १० पास हुनै पर्ने

92
काठमाडौ, भदौ ३-
अब सवारी चालक अनुमति पत्र लाइसेन्स लिनका लागि २१ वर्ष उमेर र शैक्षिक योग्यता १० कक्षा पास गराउन लागिएको छ । यातायात व्यवस्था विभागले सवारी तथा यातायत व्यवस्था ऐन २०४९ लाई परिमार्जन गर्नका लागि विभागले गृहकार्य  गरी चाँडै सो प्रस्ताव यातायात मन्त्रालयसमक्ष पेश गर्ने जनाएको छ।
१६ वर्षमै लाइसेन्स लिएकाबाट धेरै दुर्घटना भई मानिसहरुले अकालमै ज्यान गुमाउनु परेको र चालकहरुलाई सामान्य ट्राफिक ज्ञान नभएका कारण ऐन संशोधन गर्न आफूहरुले पहल गरिरहेको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार साना चार  पाङग्रे सवारी चलाउनका लागि २१ वर्ष तोकिन लागेको छ भने ठूला सवारी साधनको लाइसेन्स लिनका लागि २५ वर्ष उमेर पुग्नुपर्ने विभागले जनाएको छ। त्यस्तै अब बन्ने ऐन अनुसार १० कक्षा पास नभएकाले लाइसेन्स लिन पाउने छैनन् । सवारी चालकले अक्षर बुझ्न सक्ने हुनुपर्ने भन्दै यस्तो एेन बनाउन लागिएको हो ।  साथै विभागले लाइसेन्समा उमेर बढाउनुको साथै जरिवाना पनि बढाउने गरी ऐन संशोधन गर्न लागिएको जनायो ।
Womui
Womui