अग्निपीडितलाई पोर्चुगलबाट राहत

40
स्याङ्जा, भदौ ३-
जिल्लाको पेलाकोट गाविस चोकका अग्निपीडितलाई पोर्चुगलबाट राहत आएको छ । स्याङ्जा सहयोग समाज पोर्चुगलले उक्त राहत रकम उपलब्ध गराएको हो ।
आगलागीबाट पीडित  १९ घर परिवारलाई एक कार्यक्रमबीच समाजले सहयोगस्वरुप ५० हजार रुपैयाँ राहत प्रदान गरेको छ । समाजका अध्यक्ष दामोदर सुवेदीसहितको एक टोली सोही स्थानमा पुगेर राहत रकम प्रदान गरिएको समाजका महासचिव डोलराज भण्डारीले जानकारी दिए।
Womui
Womui