बाबुले गरे छोरीको हत्या

35

विरगन्ज, भदौ २-

पर्साको महादेवपट्टीमा एक व्यक्तिले आफ्नै १४ वर्षीया छोरीको हत्या गरेक छन् । गाउँका युवकसँग प्रेम सम्बन्ध रहेको भन्दै महादेवपट्टी ३ का शिव मुखिया बिनले छोरी प्रभाको हत्या गरेका प्रहरीसमक्ष बताएका हुन् ।

हत्याको खबर पाएलगत्तै प्रहरीले बिनलाई पक्राउ परेको छ । तर, प्रभाको शव भेटिएको छैन । बिनले प्रहरीसामू हत्या स्वीकार गरेका छन् । र, शवलाई भारतीय सीमा नजिकैको जंगलमा लगेर फालेको बताएका छन् । उनले भनेको क्षेत्रमा प्रहरी टोली परिचालन गरे पनि शव नभेटिएको डीएसपी होविन्द्र बोगटीले बताए ।

Womui
Womui