राष्ट्रिय व्यापार संगठनका बहुमत सदस्य बैश्य प्यानलको विपक्षमा रहेको दाबी

118

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन

नेपालगन्ज, भदौ २–
नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनभित्रको एक समुहले व्यवसायी नन्दलाल बैश्य नेतृत्वको समावेशी प्यानललाई भोट नदिने भएको छ । सोही संगठनले व्यवसायी नन्दलाल बैश्यको नेतृत्वमा समावेशी समुह बनाएर अध्यक्ष सहितका उम्मेदवारहरु मैदानमा उतारेको थियो । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन जिल्ला कार्यसमिति बाँकेका उपाध्यक्ष एवम् केन्द्रिय कल्पना शर्मा, सदस्य तथा प्रवक्ता चित्रबहादुर डाँगी लगायतको एक समुहले पत्रकार सम्मेलन गरेर समावेशी प्यानललाई दिदै आएको समर्थन फिर्ता लिएको सार्वजनिक गरेका हुन् ।

 Nanda Lal Baise

समावेशी प्यानलबाट अलग भएको उक्त समुहले समावेशी साझा समुहलाई सघाउने बताएको छ । बहुमत कार्यसमितिको निर्णयबाट निर्वाचनमा एमाले निकट नेपाल राष्ट्रिय वाणिज्य संघले खडा गरेको समावेशी साझा प्यानललाई समर्थन गरेको राष्ट्रिय उद्योग व्यापार संगठन बाँकेका उपाध्यक्ष एवम् केन्द्रिय सदस्य शर्माले बताईन् । ‘हाम्रो बहुमत कार्यसमिति समावेशी साझा समुहको पक्षमा गइसकेको छ,’ उनले भनिन् । संगठनका प्रवक्ता डाँगीले ३१ जना कार्यसमिति पदाधिकारी मध्ये १८ भन्दा बढी आफुहरुको समुहमा रहेको दाबी गरे । स्रोतका अनुसार राष्ट्रिय उद्योग व्यापार संगठनले माओबादी निकट शुद्ध व्यवसायीलाई अध्यक्ष सहितका उम्मेदवार बनाउनुपर्ने माग गर्दा सहमती हुन नसकेपछि विवाद उत्पन्न भएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल राष्ट्रिय वाणिज्य संघका अध्यक्ष भाष्कर काफ्लेले नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको समर्थन पाइसकेपछि आफ्नो टिम झनै बलियो भएको बताए । ‘उहाँहरुको साथ पाइसकेपछि हामीलाई झनै सहज भएको छ,’ उनले भने । बैश्य नेतृत्वको समावेशी समुहलाई माओबादी निकट व्यवसायीको समर्थन नरहेको काफ्लेको दाबी छ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बाँकेका अध्यक्ष बसन्त लामिछानेले आफ्नो स्वार्थ पुरा नहुँदा संस्थाका केही व्यक्तिले साथ छाडेको बताएका छन् । समावेशी समुहलाई साथ दिदै आएको संस्थाभित्रको विवाद चुलिएपछि नन्दलाल बैश्य नेतृत्वको प्यानल यतिबेला संकटमा परेको छ ।

Womui
Womui