गच्छदारलाई अलमल्याउँदै प्रचण्ड

52

काठमाडौं, भदौ २–
केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका उपप्रधानसहित तीन मन्त्री फिर्ता बोलाएर कांग्रेस–माओवादी गठबन्धनलाई समर्थन जनाएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने सम्भावना घट्दै गएको छ । वर्तमान सरकार बन्नुअघि नेकपा माओवादी केन्द्रका नेताहरुले नयाँ गठबन्धनमा सत्तासाझेदार बनाउने आश्वासन दिएपनि पछिल्लो समयमा प्रधानमन्त्री र मन्त्रीसँग संवाद नै हुन छाडेपछि सरकारमा सहभागि हुने सम्भावना घट्दै गएको फोरम लोकतान्त्रिकका नेताहरू बताउँछन् ।

Gaxchhesdar

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि पार्टीको तर्फबाट अध्यक्ष विजयकुमार गच्छदारले एकपटक मात्र औपचारिक छलफल गर्ने मौका पाएका छन् । उक्त छलफलमा गच्छदारलाई सम्मानजनक रुपमा सरकारमा सहभागि गराउने इच्छा नदेखाएपछि सरकार र लोकतान्त्रिकबीच औपचारिक छलफल नभएको एक नेताले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

Womui
Womui