कपिल समूहको पक्षमा महिला व्यवसायीको समर्थन

149

नेपालगन्ज, ३२ साउन-

Samabeshiकपिल अधिकारीले नेतृत्व गरेको समावेशी तथा साझा समूहका उम्मेदवारलाई जिताउन नगरका उद्योगी व्यापारी महिलाहरुको छुट्टै भेलाले व्यापक प्रचार प्रसार गर्ने निर्णय गरेको छ । समावेशी साझा समूहको सचिवालयमा भेला भएका उद्यमी महिलाले यो समूहले उच्च सम्मानका साथ महिला उम्मेदवारलाई प्राथमिकता दिएकोले यसको पक्षमाआफूहरु लागि पर्ने प्रतिबद्धता जनाएका छन् ।

भेलाले बुधबार समावेशी साझा समूहका उम्मेदवारको पक्षमा भोट माग्न नेपालगन्जमा विशाल महिला र्याली सहित व्यापारी मतदाताकोमा पुग्ने भएका छन् । ‘स्वस्फूर्त रुपमा महिला दिदीबहिनीहरु समावेशी साझा समूहको पक्षमा जुट्नु भएको छ, यो समूहले महिलालाई उच्च प्राथमिकता दिँदै चारजना उम्मेदवार बनाएकोले पनि दिदीबहिनी सकारात्मक हुनुहुन्छ।’ महिला समितिकी अध्यक्ष मिना ढकालले भनिन्–‘लोकतन्त्र, प्रजातन्त्र र समावेशीका कुरा गर्ने तर महिलालाई नेतृत्वमा आउनबाट रोक्ने कुरा महिलाले अव सहँदैनन् त्यसैले पनि यो समूहको पक्षमा दिनानुदिन महिला उद्यमी थपिनुभएको छ ।’

add for udyog

Womui
Womui