बैश्य प्यानल घरदैलोमा

35

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन

नेपालगन्ज, साउन ३०–
व्यवसायी नन्दलाल बैश्य नेतृवको समावेशी प्यानलले घरदैलो अभियानलाई जारी राखेको जनाएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गर्दा समावेशी प्यानलले व्यवसायीसँगको भेटघाटलाई तिव्रता दिएको हो । आइतबार निर्वाचनको प्रचार–प्रसारको लागि उम्मेदवार सहितको टोलीले न्यू रोड, सेतु विक चोक, बसपार्क रोड, पुष्पलाल चोकदेखि धम्बोझी चोक बिचका व्यवसायीसँग भेटघाट गरेको सदस्य पदका उम्मेदवार चिरन्जीवी ओली जानकारी दिए । समावेशी प्यानल घरदैलोमा पुगेको बताए ।

अध्यक्षका प्रत्यासी वैश्यले आफ्नो प्यानलाई मतदान गरेर विजयी बनाउन मतदातालाई आग्रह गरे । त्यसक्रममा उपस्थित उम्मेदवारले कुनै दल विषेशको प्यानल नभएको बताएका थिए । समावेशी प्यानलले उद्योगतर्फ उपाध्यक्षमा अब्दुल वाहिद मन्सुरी (चुन्ना) र बाणिज्यतर्फ उपाध्यक्ष दुर्गा प्रसाद भण्डारीको नाम घोषणा गरेको छ । यसैगरी तारा खत्री रोकाय, आदेश कुमार अग्रवाल, श्याम सुन्दर अधिकारी, अहमद वाहिद अन्सारी (बब्लु), विजय भण्डारी (बासु), अजय टण्डन, निरज गौतम, चिरन्जीवी ओली, हरीलाल न्यौपाने, अभय कुमार बस्नेत, टंकबहादुर धामी र राजेश कुमार बैश्य सदस्यको उम्मेदवार छन् ।

Womui
Womui