भीषण आन्दोलनका लागि तयार बनौः ओली

17

काठमाडौं, साउन २९-

KP OLi Picभीषण आन्दोलनका लागि तयार रहन  प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। अध्यक्ष ओलीले  नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले संविधान कार्यान्वयन नगर्ने संगठित योजना अनुसार आफ्नो नेतृत्वको सरकार ढालेको आरोप लगाउँदै भीषण आन्दोलनका लागि तयार अवस्थामा रहन नेकपा एमालेको केन्द्रीय पार्टी स्कुल विभागले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन्। अध्यक्ष ओलीले कुनैपनि बेला आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताउँदै आफूले संविधान कार्यान्वयन गर्ने कार्यतालिका बनाएपछि त्यसबाट अत्तालिएर माओवादी र कांग्रेसले लोभ र पाप जगाई सरकार परिवर्तन गरेको आरोप लगाए ।

Womui
Womui