फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना हुँदा ७ जनाकाे मृत्यु

107

नुवाकोट, साउन २४–
फिस्टेल एअरको हेलिकप्टर नुवाकोट जिल्लाको बेलकोट गाविस वडा नम्वर ८ बेतिनीमा दुर्घटनाग्रस्त हुदाँ सवार ६ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनमा परी हेलिकप्टरमा सवार सबै ७ जनाकाे मृत्यु भएकाे फिस्टेल एयरका रमेश शिवाकोटीले पुष्टी गरेका छन् ।  शिवाकाेटीका अनुसार चालक क्याप्टेन रञ्जन लिम्बु, दुई वर्षमुनीका एक बालक र पाँच यात्रुको घटनास्थलमै मृत्यु भएकाे हाे। हेलिकप्टर गोरखाबाट काठमाडौंका लागि उडेको थियो ।

fistel

सुत्केरी महिलालाई उपचारको लागि काठमाडौं ल्याउन गोर्खा गएको हेलिकप्टर काठमाडौं फर्किँदा दुर्घटनामा परेको हो । प्रत्यक्षदर्शीका अनुसार घटनास्थल नजिकै धुँवाको मुस्लो देखिइरहेको छ । बेल्कोट र मदनपुर गाविसको सीमामा पर्ने डाँडोबाट धुँवा आइरहेको छ । सो स्थानमा घना जंगल छ । दुर्घटनामा चालक क्याप्टेन रञ्जन लिम्बु, दुई वर्षमुनीका एक बालक र अन्य चारजनाको मृत्यु भएको बताइएको छ । दुर्घटनमा मृत्यु हुनेहरूको पहिचान गर्नेक्रम जारी छ ।

Womui
Womui