अवैध यौन कार्यमा संलग्न दुई प्रहरी समातिए

130

नेपालगन्ज, साउन २४–
परस्त्रीसंग अवैध यौनकार्यमा संग्लन भइरहेको अवस्थामा बाँके, नौवस्ताका स्थानीय बाल क्वल र युवा क्लवले दुई जना प्रहरीलाई रंगेहात फेला पारेका छन् । पति विदेशमा रहेका महिलासँग शनिबार रात्री ११ बजे यौनकार्यमा संग्लन प्रहरी चौकी नौवस्तामा कार्यरत हवल्दार झरेन्द्र कार्की र जवान रमेश गौतम नौवस्ता–७ बाट रंगेहात स्थानीले नियन्त्रणमा लिएका हुन् । गाविसस्तरीय बाल क्लव सञ्जाल र पञ्चदेव युवा क्लवले उनीहरुलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको थियो ।

उनीहरुलाई शनिबार रात्री ११ बजे नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालयलाई बुझाइएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोखरेलले दुवै जनालाई पक्राउ गरि थुनामा राखिएको बताए । उनीहरुलाई विभागिय कारवाहीका लागि सिफारिस गरिएको जानकारी दिए । स्थानीय विवाहित महिलासँग दैनिक आवत जावत गर्दै समाजमा गलत प्रवृति फलाएको भन्दै बाल क्लव र युवा क्लवले उनीहरुलाई रंगेहात पक्राउ गरेका थिए ।

Womui
Womui