ब्यारेकबाटै हतियार गायब !

129

दिपायल, साउन २४
डोटीको दीपायलस्थित सेनाको सुदूरपश्चिम पृतनाबाट हतियार गायब भएका छन् । पृतनाले भने त्यसबारे यकिन जानकारी सार्वजनिक गरेको छैन । सर्ट मेसिन गन एक थान र दुईवटा लोडेड म्याग्जिन हराएको सैनिक स्रोतले जनाएको छ । स्रोतका अनुसार आइतबारदेखि घटनाबारे अनुसन्धान सुरु भएको छ ।

Gun

यसअघि स्थानीय सञ्चारमाध्यममा हतियारसहित जवान भागेको समाचार प्रकाशन प्रसारण भएको थियो । उक्त समाचारप्रति सेनाले आपत्ति जनाएको थियो । पृतनाभित्रबाट कुनैपनि जवान गायब नभएको तर हतियारबारे छानबिन भइरहेको स्रोतको भनाई छ । हातहतियार गणना तथा जाँच भइरहेकै बेला सेनाले काठमाडौंबाट विशेष टोलीलाई हेलिकप्टरमा झिकाएर अनुसन्धान तीब्र बनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

Womui
Womui