लोकमानलाई महाअभियोग माग्दै ज्ञापन

115

काठमाडौं, साउन २१–
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने कारणसहित वरिष्ठ चिकित्सक गोविन्द केसीका सहयोगीले सुशासन समितिका सभापति मोहनसिंह राठौरलाई ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार राठौरलाई भेटेर उनीहरूले चिकित्सा क्षेत्रमा कार्कीले क्षेत्रधिकार बाहिर गएर गरेका हस्तक्षेपको विवरणसहित ज्ञापन बुझाएका हुन् ।

Lok Man Sin Karki

ज्ञापन बुझ्दै राठौरले महाअभियोग लगाउने आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै हस्तक्षेप गरेका विषयमा छलफलमा बोलाउन सकिने बताएका थिए । केसीका सहयोगी डा. अभिषेक सिंहका अनुसार लोकमानलाई समितिमा बोलाएर छलफल गर्न आफू तयार रहेको राठौरले बताएका थिए ।

Womui
Womui