नयाँ सरकार धेरै समय टिक्दैनः एमाले

138

काठमाडौं, साउन १९–
नेकपा एमालेले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र मधेशवादी दलबीच भएको तीन बुँदे सहमति अनुसार संविधान संशोधन गर्न नदिने बताएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र मधेसवादी दलले तीन बुँदे सहमति गरेलगत्तै नेकपा एमालेले प्रदेशको सीमांकन हेरफेर गर्न आवश्यक नरहेको भन्दै सीमांकन हेरफेरका लागि संविधान संशोधन गर्न नदिने बताएको हो ।

UML-Logo-original-300x300

तीन बुँदे सहमतिमाथि प्रतिक्रिया दिने क्रममा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले देश र जनताको हित विपरित भारतको षड्यन्त्रमा तीन बुँदे सहमति गरिएको आरोप लगाए । उनले संविधानमा तत्काल कुनै संशोधन गर्न आवश्यक नरहेको भन्दै संशोधनको प्रस्ताव ल्याइए नेकपा एमालेले कडा प्रतिवाद गर्ने बताए । रावलले तीन बुँदे सहमतिका कारण नै सरकार धेरै समय नटिक्ने दाबी गरे ।

Womui
Womui