एमाले निकट व्यवसायीले तीन उम्मेदवार टुंगो लगाए

37

नेपालगन्ज, साउन १५–
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि एमाले निकट उद्योगी व्यवसायीको संगठन समावेशी, साझा समुहले उम्मेदवारको नाम सार्वजनिक गरेको छ । राष्ट्रिय वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरी नाम घोषणा गरेको हो । अध्यक्षका उम्मेदवार कपिलप्रसाद अधिकारीको नेतृत्वमा वाणिज्य उपाध्यक्षमा तनविर जमाल हलवाई र उद्योग उपाध्यक्षमा रचना श्रेष्ठको नाम घोषणा गरिएको थियो । उक्त प्यानलले बाँकी १२ जना सदस्यका उम्मेदवारको नाम पनि चाडै सार्वजनिक गर्ने बताइएको छ ।

संघमा कुल २५ जना कार्यसमिति पदाधिकारी हुने व्यवस्था छ । निर्वाचनलाई लक्षित गर्दै काँग्रेस निकट प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ र माओबादी निकट उद्योगी व्यवसायीले पनि आफ्नो तयारी गरेका छन् । संघको तीन वर्षे कार्यकालका लागि आगामी भदौ ११ गते निर्वाचन हुदैछ । उक्त निर्वाचनका लागि नेपाली काँग्रेस निकट प्रजातान्त्रिक उद्योगी व्यवसायी संघको तर्फबाट गोपालप्रसाद अधिकारी र माओबादीको कोटाबाट नन्दलाल बैश्यले तयारी गरिरहेको बताएका छन् ।

Womui
Womui