महिलालाई दुव्र्यबहार गरेको भन्दै नेपाली सेना नियन्त्रणमा

47

बर्दिया, साउन १६-
बर्दियाको बाँसगढी नगरपालिका वडा नम्वर ५ स्थित गाउँमा पसेर नेपाली सेनाले महिलालाई दुव्र्यबहार गरेको छ । हतियार सहित गाउँमा आएका ५, ६ जना सेना घर घरमा प्रवेशगरी महिलालाई अश्लिल शब्द बोल्दै दुव्र्यबहार गरेको भन्दै गाउँले मिलेर शनिबार अबेर राती सम्म सेनालाई नियन्त्रणमा लिएका थिए ।

गाउँलेहरुले सेनालाई घरभित्र थुनेर राखेकोमा राती २ बजे बर्दिया ठाकुरद्धाराबाट आएको सेनाको टोलीले लिखित कागज गरेर लगेको स्थानीय बासिन्दा धनसरा ओलीले बताईन् । ‘सेनाको ठाकुरद्धाराबाट आएको टोलीले कागज गरेर राती लगेर गएको छ, फेरी गाउँलेमाझ ल्याएर छलफल गराउने सहमती भएको छ,’ उनले भनिन् । गाउँलेले सेनालाई थुनेर राखेपछि राती ईलाका प्रहरी कार्यालय बाँसगढीबाट पुगेको प्रहरी टोलीलाई समेत स्थिती नियन्त्रणमा लिन हम्य हम्य भएको थियो ।

Womui
Womui