सडक आयोजनासँग सुचना माग

63

नेपालगन्ज, साउन १३–
कोहलपुर–जमुनाहा सडक खण्डका बारेमा सूचना माग गरिएको छ । सूचनाको हक सम्वन्धिको ऐन २०६४ को दफा ३ बमोजिम नेपालगन्ज–१६ निवासी नमस्कार शाह र तेज विक्रम शाहले संयुक्त रुपमा नेपालगन्ज–कोहलपुर सडक आयोजना कार्यालयमा निवेदन दर्ता गरेर सूचना माग गरेका हुन् । उक्त कार्यालयसँग राँझा– जमुनाहा खण्ड निर्माणका लागि ठेकेदार कम्पनीसँग भएको सम्झौता, हाल सम्मको प्रगति, निर्माणाधिन सडकको दरावस्थाका बारेमा त्यस कार्यालयले निर्वाह गरेको भूमिका, सडक सुधारका लागि भएको सम्झौता, सडक सुधार बारेको प्रतिवद्धता सहितको विवरण, सडक सुधारका लागि भएको अनुगमन विवरण माग गरिएको छ ।

Womui
Womui