बाढी–पहिरोमा देशभर ६१ जनाको मृत्यु भएको पुष्टी

123

काठमाडौं, साउन १२–
देशभर भएको बाढी–पहिरोमा परी ६१ जनाको मृत्यु भएको छ । मध्यपश्चिम र पश्चिममा मात्र मृत्यु हुनेको संख्या ५९ पुगेको छ । पुर्वको झापा र सुनसरीमा थप दुई जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले भने जारी वर्षाका कारण बाढीपहिरोले ५४ जनाको मृत्यु भएको जानकारी दिएको छ। गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाका अनुसार २० जना बेपत्ता छन् । उनका अनुसार बाढीपहिरोले देशका १४ जिल्ला प्रभावित छन्। बाढी पहिरोमा परेकाहरूको उद्धारका निम्ति जिल्लामा रेपिड सेस्पोन्स टिम तयार पारिएको छ । ‘सबै सुरक्षा निकायलाई उद्धारमा परिचालन गरिएको छ । खबर पाउनासाथ रेस्पोन्स टिम घटनास्थलमा परिचालन हुने गरी व्यवस्था मिलाइएको छ,’ उनले भने ।

photo-Puthan

पहिरोले प्यूठानमा सबैभन्दा बढी क्षति गरेको छ । वर्षापछि गएको पहिरोले प्यूठान जिल्लामा मृत्यु हुनेको संख्या ३८ पुगेको छ । राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता डिएसपी तुलवहादुर कार्कीले बुधबार बेलुकासम्म प्यूठानमा ३८ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

Womui
Womui