टेलिकममा सेक्युरिटी मजदुरको धर्ना

74

नेपालगन्ज, साउन २–
टेलिकममा सेक्युरिटी गार्डमा कार्यरत मजदुरले आफ्ना माग सम्वोधन नभएको भन्दै नेपालगन्जस्थित टेलिकम क्षेत्रिय टेलिकम कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले आन्दोलन स्वरुप दैनिक २ घण्टा धर्ना दिदै आएका छन् । कार्यरत सेक्युरिटी मजदुरले तलब बृद्वि लगायतका माग राखेर आन्दोलन गरेका हुन् । आफ्ना मागहरु सम्बोधन गर्न कार्यालय तयार नभएको भन्दै उनीहरुले आइतबार बिहान १० बजेदेखि १२ बजेसम्म टेलिकमको क्षेत्रीय कार्यालयमा धर्ना दिएर कामकाज ठप्प पारेका थिए । नेपाल सरकारले लागु गरेको नया“ श्रमिक ऐन अनुसार तलब भत्ता पाउनुपर्ने उनीहरुको मुख्य माग रहेको छ ।

Telecome Dharna Pic

वार्ता, छलफल गर्दा समेत कार्यालयले आफ्ना मागलाई सम्वोधन गर्न बेवास्ता गरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेकोे अखिल नेपाल सेक्युरिटी मजदुर संघ बा“केका अध्यक्ष शेरबहादुर बुढामगरले बताए । मध्यपश्चिम क्षेत्रका टेलिमकका कार्यालयमा एक सय ५५ जना मजदुर सेक्युरिटी गार्डका रुपमा काम गर्दछन् । नियुक्ती पत्र, सार्वजनिक बिदा, मौसम अनुसारको पोशाक, समयमै तलब उपलव्ध, दुर्घटना बिमा, सामाजिक सुरक्षा, श्रम ऐन अनुसार तलब, दशै भत्ता लगायत मागहरु पनि मजदुरले राखेका छन् । टेलिकमले आफ्ना माग पूरा नगरेसम्म आन्दोलनलाई निरन्तरता दिने अध्यक्ष मगरले चेतावनी दिए ।

गत असार २० गतेदेखि सुरु भएको आन्दोलन अन्तर्गत प्रचारात्मक कोणसभा गर्नुका साथै २१ देखि २७ गते सम्म हातमा कालोपट्टी बा“धेर ड्युटी गरेका थिए । त्यसपछि पनि माग सुनवाई नभएपछि गत असार २८ देखि ३० गतेसम्म पोशाक नलगाएर ड्युटी गरेका थिए । माग प्रति टेलिकम व्यवस्थापन गम्भिर नभएपछि केही दिनयता धर्ना दिदै आएका हुन् । आफ्ना मागप्रति गम्भिर नभए बाध्य भएर कार्यालयमा समेत तालाबन्दी गर्ने उनीहरुको चेतावनी छ ।

Womui
Womui