माओवादी केन्द्रको प्रस्ताव कांग्रेसद्धारा अस्वीकार

164

काठमाडौं, असार २८–
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सहमति सरकार गठन सम्भव नरहेको जनाउँदै वैकल्पिक सरकारको पक्षमा रहेको स्पष्ट पारेको छ । राष्ट्रिय सहमतीय सरकार गठनको पहल गर्ने पार्टी निर्णय अनुसार कांग्रेस समर्थन जुटाउन कांग्रेस संसदीय दलको कार्यालय सिंहदबार पुगेका नेकपा माओवादी केन्द्रका नेतालाई पार्टी त्यसको पक्षमा नरहेको बताएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै कांग्रेसलाई पटक–पटक सरकारमा सहभागी हुन र राष्ट्रिय सहमतिको स्वरूप दिन प्रस्ताव गरेको जनाउँदै पार्टी अहिले त्यसको पक्षमा नरहेको बताए । कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष केपी ओलीसँग कांग्रेसको कुनै दुष्मनी नरहेको जनाउँदै पार्टी राष्ट्रिय सहमतिको सरकारको पक्षमा नभएको माओवादी नेतृत्वलाई बताएका थिए । माओवादी अध्यक्ष दाहालले राष्ट्रिय सहमति सरकार गठनका लागि कांग्रेससँग समर्थन खोजेको जनाउँदै नेता निधिले सभापति देउवाले पार्टी त्यसको पक्षमा नरहेको जवाफ दिएको बताए । ‘माओवादी अध्यक्षले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि कांग्रेसको समर्थन माग्नुभयो,’ उनले भने, ‘उहाँले अहिले सम्भावना छैन भन्ने जवाफ दिनुभयो ।’

प्रमुख दल मिलेर सरकार गठन गर्नुहुन्न भनेर नै तत्कालीन पार्टी सभापति सुशील कोइरालाले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिएको स्मरण गर्दै देउवाले त्यसपछिका दिनमा ओलीले आफ्नो नेतृत्वको सरकारलाई राष्ट्रिय स्वरुप दिन आग्रह गरेको सुनाएका थिए । जवाफमा माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्रीसहित अन्य दलसँगको छलफलपछि पुनः कांग्रेससँग बैठक गर्ने भन्दै बाहिरिएका थिए । त्यसअघि कांग्रेसका दोस्रो तहका नेताबीच सिंहदबारमा भएको छलफलपछि दुई नेताको भेटको समय मिलाइएको थियो ।

Womui
Womui