नेपालगन्जमा इद पर्वको रौनक–(फोटो फिचर)

202

नेपालगन्ज, असार २३–
धार्मिक सहिष्णुता जोडिएको नेपालगन्जमा इद पर्वको रौनकता देखिएको छ । यहाँका मुस्लिम समुदायले बिहीबार आफ्नो महान पर्व इद धुमधामका साथ मनाए । स्थानीय विपी चोकस्थित इदगाहामा भेला भएर बिहीबार बिहान सामुहिक रुपमा नमाज पढेका थिए । नमाज पढिसकेपछि उनीहरुले एक आपसमा अंकमाल गर्दै खुसी साटासाट गरे ।

Eid-NPJ- Pic

इदको खुसियाली साट्न जिल्लास्थित राजनीतिक दल, सांसद, नागरिक समाज, सुरक्षा अधिकारी, उद्योगी, व्यापारी, सर्वसाधारण लगायत उपस्थित भएका थिए । एक महिना सम्म चलेको रमजान अवधीभर मुस्लिम समुदाय निराहार रोजा बसेका थिए । मुस्लिम धर्मगुरुका अनुसार एक महिना सम्म चलेको ब्रत समापन गर्नु अघि चन्द्रमा(चाँद) हेरिसकेपछि इद पर्व सुरु हुन्छ ।

Eid-NPJ-Pic 1 Eid-NPJ-Pic 2

इद पर्वलाई तीन दिन सम्म धुमधामसँग मनाउने चलन छ । इद पर्वमा शुभकामना आदान प्रदान गर्ने, मिठा परिकार खाने, आफन्तको घरमा जाने गरिन्छ । यो पर्वमा प्रतिव्यक्ति एक किलो ७ सय ५० ग्राम गहुँको ‘फितरा’ निकाल्ने चलन छ । यस्तै साढे ७ तोला सुन र ५२ तोला चाँदी भन्दा बढी हैसियतका व्यक्तिले आफ्नो सम्पत्तिको अढाई प्रतिशत असहाय तथा गरिवलाई दान(जकात) गर्ने चलन पनि छ ।

Eid-NPJ-Pic 3 Eid-NPJ-Pic 4 Eid-NPJ-Pic 5 Eid-NPJ-Pic 6 Eid-NPJ-Pic 7शब्द/तस्बिर : अर्जुन ओली

Womui
Womui