भारोत्तोलन एकेडमी शिलान्यास

145

नेपालगन्ज, असार १४–
भारोत्तोलन एकेडमी भवन मंगलबार नेपालगन्जमा शिलान्यास गरिएको छ । नेपालगन्ज रंगशाला परिसरमा निर्माण हुन लागेको भवनको पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले शिलान्यास गरे । सानो उमेरका बालबालिकालाई प्रशिक्षण दिएर भारोत्तोलनको कुशल खेलाडी बनाउन एकेडमी निर्माण गर्न लागिएको हो । विशेषगरी मध्य तथा सुदुरपश्चिमाञ्चल क्षेत्रका विद्यालय उमेरका बालबालिकाको छनोट गरि सबै सुविधा सहित एकेडमीमा तालिम दिइनेछ ।

Silyanas pic

करिव एक करोड रुपैयाँको लागतमा निर्माण हुने एकेडमी भवनमा भारोत्तोलन प्रशिक्षणका लागि आवश्यक पर्ने एक करोड बराबरकै उपकरण समेत जडान गरिनेछ । तीन तला निर्माण हुने एकेडमी भवनमा तालिम कक्ष, प्रतिक्षालय कक्ष, चेन्जिङ कोठा, सुत्ने कोठा, पुस्तकालय, भान्साघर, सोनाबाथ लगायत सुविधा सम्पन्न संरचनाको व्यवस्था गरिएको छ । सो अवसरमा बोल्दै खनालले संविधान निर्माणपछि मुलुकको आर्थिक समृद्धिको दिशातर्पm अग्रसर भएको बताए । विकासको एउटा पाटो खेलकूदलाई पनि बनाउनु पर्नेमा उनको भनाई छ ।

Womui
Womui