खनाल र पुनलाई एआईजीको दज्र्यानी चिन्ह

141

काठमाडौं, असार ५–
सशस्त्र प्रहरी बल महानिरीक्षक दुर्जकुमार राईले नायब महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा बढुवा भएका शैलेन्द्र खनाल र जितबहादुर पुनलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । सशस्त्र प्रहरी बल हल्चोकमा आइतबार आयोजित बिशेष कार्यक्रममा बढुवा भएका एआईजीद्धय खनाल र पुनलाई दज्र्यानी चिन्ह लगाइएको हो । विहीबार बसेको मन्त्रीपरिषद बैठकले लोकसेवा आयोगको सिफारीसमा दुबैलाई बढुवा गर्ने निर्णय गरेको हो ।

AIG

बढुवा भएका खनाल सशस्त्र प्रहरी बलको केन्द्रीय प्रवक्ता र पुन मद्दती तथा सेवा निर्देशनालय प्रमुखका रुपमा कार्यरत छन् । लोकसेवा आयोगले बैशाख २४ गते दुबैलाई कार्य मूल्यांकनका आधारमा बढुवा सिफारीस गरेको थियो । खनाल र पुनको बढुवा बिरुद्ध उजुरी सुन्ने अधिकारी समक्ष डिआईजी उत्तम खडका र पुष्पराम केसीले उजुरी दिएका थिए । लोकसेवाले उजुरीको सुनवाई गर्दै पुरानै निर्णयलाई सदर गरेपछि खडकाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । सर्वोच्चमा सो रिट उपरको सुनवाई निरन्तर छ । अर्का एआईजी पुनले भने सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईसंगै आगामी फागुन ३ गते अनिवार्य अवकास पाउनेछन् ।

Womui
Womui