एक्साभेटरमा आगजनीप्रति भत्र्सना

35

नेपालगन्ज, जेठ २२–
नेत्र विक्रम चन्द (विप्लप) समुहको माओबादीले ठेकेदार पप्पु कन्ट्रक्सनको निर्माण उपकरणमा आगजनी गरेको घटनाको भत्र्सना गरिएको छ । चारलेन सडक अन्तर्गत निर्माणाधिन राँझा–जमुनाहा खण्डको गुणस्तरका विषयमा आवाज उठिरहेका बेला अर्ध–भूमिगत रहेको विप्लप माओबादीले बुधबार मध्यराती आगजनी गरेको थियो । नेपालगन्ज–१३ आर्दशनगरस्थित ठेकेदारको अस्थायी कार्यालयमा पार्किङ गरेर राखिएको एक्साभेटरमा आगजनी गरिएको घटनाको नेपालगन्ज उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ लगायत संस्थाले भत्र्सना गरेका हुन् । उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र महासचिव विष्णु लामिछानेले विज्ञप्ती निकालेर घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

 विप्लप माओबादीले आगजनी गरेको पप्पु कन्ट्रक्सन एक्साभेटर ।

विप्लप माओबादीले आगजनी गरेको पप्पु कन्ट्रक्सन एक्साभेटर ।

यस्तै बाँके निर्माण व्यवसायी संघले पनि दोषीलाई पहिचान गरेर कारबाही गर्न प्रहरी, प्रशासनको ध्यानार्कषण गराएको छ । बाँके निर्माण व्यवसायी संघका कार्यबाहक अध्यक्ष टेकबहादुर खड्काले विज्ञप्ती निकालेर काम गर्ने वातावरण तयार गर्न आग्रह गरेका छन् । घटनास्थलमा राष्ट्रिय युवा जनस्वयंसेवकले छाडेको विज्ञप्तीका आधारमा उक्त घटना विप्लप माओबादीले गराएको पुष्टी भएको प्रहरी नायव उपरिक्षक(डिएसपी) भिमकिरण बोगटीले बताएका छन् । एक्साभेटरको ब्लुबुक उपलब्ध नभएका कारण नम्वर पहिचान गर्न नसकिएको उनको भनाई छ । ‘ठेकेदारले एक÷दुई दिन भित्रमा एक्साभेटरको ब्लुबुक उपलब्ध गराउने कुरा गरेको छ,’ उनले भने । आगजनी गर्ने व्यक्तिको पहिचान गर्न अनुसन्धान सुरु गरिएको बोगटीले बताए । सडकको काम गुणस्तरहिन गरेको भन्दै आगजनी गरेको राष्ट्रिय युवा जनस्वयंसेवकले छाडेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

भेरी ब्यूरोका तर्फबाट निकालिएको उक्त विज्ञप्तीमा पप्पु कन्ट्रक्सनले गरेको गैरजिम्मेवार र गुणस्तरहिन कामको विषयलाई लिएर चेतावनी स्वरुप कारबाही गरेको र आगामी दिनमा यस्ता कार्य नसच्याइएमा थप कदम चाल्न बाध्य हुने चेतावनी दिइएको छ । जनताका प्रत्यक्ष सरोकार राख्ने विषयमा चासो, चिन्ता र खबरदारी गर्दै आएको उल्लेख गर्दै आफुहरुले चेतावनी र खबरदारी गर्दा गर्दै पनि देशको महत्वपुर्ण विकास निर्माणको क्षेत्रमा रहेका केही निर्माण व्यवसायीहरु नीति, नियम र मापदण्ड विपरित काम गरिरहेकोमा संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । ठेकेदारले निर्धारित समयभित्र काम सम्पन्न नगरेको, गुणस्तरहिन काम गरेको, आफुले गरेको गुणस्तरहिन कामको ढाकछोपको लागि केही राजनीतिक दललाई रात्री भोज गरेर निच कार्य गरेको लगायत आरोप राष्ट्रिय युवा जनस्वयंसेवकले लगाएको छ ।

Womui
Womui