ईन्स्पेक्टर सहित ८८ जना प्रहरीलाई कारबाही

237

नेपालगन्ज, बैशाख ३०–
नेपाल प्रहरीको कुनै तप्का जतिसुकै शुद्धिकरणमा लागेपनि रकम असुली रोकिएको छैन । तस्करसँग मिल्ने, विभिन्न व्यक्तिबाट रकम असल्नुका साथै अवैध तरिकाबाट प्रहरी कमाउ धन्दामै लागेको पाइएको छ । मान्छे मरेको घटनादेखि ठुला तस्करीका मालसामान भित्र्याउने र श्रीमान–श्रीमतिका झगडा मिलाउने जस्ता कार्यबाट प्रहरीले पैसा असुलिरहेको छ । अरुलाई कानुन पालना गर्न सिकाउने प्रहरी नै यस्ता क्रियाकलापमा संलग्न भएपछि जनताको विश्वास झन् गुम्ने गरेको छ । यस्तै खाले घटनाहरुबाट रकम असुलेको प्रमाण सहित भेटिएका इस्पेक्टर सहित ८८ जना प्रहरी कारबाहीमा परिसकेका छन् ।

Zonal Police

२०७२ असारदेखि चैत मसान्त सम्मको अवधीमा कारबाहीमा परेका प्रहरीको ग्रेड र बढुवा रोक्का गर्ने गरी विभागिय कारबाही गरिएको छ । सवारी दुर्घटनाका पीडितसँग १ लाख रुपैयाँ घुस लिएको प्रमाण सहित पक्राउ परेका ईन्स्पेक्टर हिक्मत बोहरालाई ग्रेड र बढुवा रोक्का गरी विभागिय कारबाही भइसकेको छ । यस्तै बाँकेमा जुवामा संलग्न अर्का ईन्स्पेक्टर भरतसिंह राठौर र बर्दियामा पक्राउ परेका प्रहरी नायव निरिक्षक(सई) शिवदत्त जोशीलाई कारबाही गरिएको भेरी अञ्चल प्रहरी कार्यालयले जनाएको छ । यि त केही प्रमाण फेला पर्न सकेका घटना मात्र हुन् । तस्करसँग रकम असुल्ने र घुस लिने गरेका अझैपनि तमाम प्रहरी छन, तर उनीहरुलाई पक्राउ गरी कारबाही गर्न पर्याप्त प्रमाण भेटिदैन । प्रहरी संगठनभित्र मौलाएको गलत क्रियाकलाप तोड्न भेरी अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी) धिरु बस्न्यातले सक्रियता देखाएका छन् ।
अञ्चल प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आए लगत्तै संगठन सुधारका लागि छोटो समयमै कारबाही गरेर देखाएका छन् । जोखिम मोलेर भएपनि आचरण विपरित काम गर्ने आफ्नै संगठनका अधिकृत तहका प्रहरीलाई कारबाही गर्ने आँट गरेका हुन् । ‘हामी प्रहरीभित्रको गलत क्रियाकलापको अन्त्य गर्न चाहन्छौं,’ उनले भने ‘कारबाही प्रक्रिया त्यसैको सुरुवात हो ।’ कारबाही पाउनेमा प्रहरी निरिक्षकदेखि जवान सम्म रहेका छन् । नराम्रो काम गर्नेलाई दण्ड र राम्रो काम गर्नेलाई कदर गर्ने प्रचलनको सुरुवात गरेका एसएसपी बस्न्यातले ५४ जना प्रहरी निरिक्षकदेखि जवानलाई पुरस्कृत गरेका छन् ।

Womui
Womui