नर्सिङ दिवसका अवसरमा नेपालगन्जमा बृहत र्याली

94

नेपालगन्ज, बैशाख ३०-
विश्व नर्सिङ दिवसका अवसरमा बिहीबार विभिन्न कार्यक्रम गरिएको छ । नर्सिङ संघ बाँकेको अगुवाईमा बिहान ¥याली प्रर्दशन, अन्तरक्रिया, साँस्कृतिक कार्यक्रम लगायत गरिएको हो । बिहान साढे ७ बजे भेरी अञ्चल अस्पताल अगाडीबाट र्याली सुरु गरेर चारबाहिनी, गणेशमान चोक, सुर्खेतरोड हुदै विपी चोकमा पुगी पुनः अस्पतालको पछाडी आएर कार्यक्रममा परिणत भएको थियो । त्यस अवसरमा विभिन्न प्लेकार्ड बोकेका थिए ।

Nursing Day Photo

नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसीको सभापतित्वमा आयोजित कार्यक्रममा भेरी अञ्चल अस्पतालका प्रमुख डा. श्यामसुन्दर यादव, अस्पतालकी नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, भेरी अस्पतालका निर्वतमान अध्यक्ष डा. बद्री चापागाई, पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी लगायतले बोलेका थिए । सो अवसरमा बोल्ने नर्सिङहरुले काम अनुसारको पारिश्रमिक नपाएको, कतिपय अस्पतालले स्वयं सेवक रुपमा काम लगाउने गरेको गुनासो गरेका थिए ।

Nursing Day

Nursing

Nursing 3

Womui
Womui