मन्त्रिपरिषद बैठकले पत्रकारको पारिश्रमिक टुंगो लगायो

53

काठमाडौं, बैशाख २३–
मन्त्रिपरिषद बैठकले सरकारबाट पेश हुने बार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । उक्त नीति तथा कार्यक्रम राष्ट्रपतिले २६ गते आइतबार ४ बजे संसदमा पेश गर्ने कार्यक्रम छ । बैठकले श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिकको पनि टुंगो लगाएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेअनुसार नै तय भएको पारिश्रमिक अनुसार राष्ट्रिय मिडियामा कार्यरत श्रमजीवी पत्रकारले १९,५००, राष्ट्रिय मिडियाका श्रमजिवी कामदार र कर्मचारीको १४,४०० पारिश्रमिक निर्धाण गरिएको छ ।

अन्य संचार प्रतिष्ठानका श्रमजिवी पत्रकारको १४,१०० र आम संचार प्रतिष्ठानका श्रमजिवी कामदार र कर्मचारीको न्युनतम पारिश्रमिक १२,५०० निर्धारण गरिएको संचारमन्त्रालयको समेत जिम्मेवारी पाएका उद्योग मन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए । भूकम्पबाट प्रभावित संरचनाको पुनः निर्माणको निम्ति सार्वजनिक खरिद कार्य्बिधिलाई पनि बैठकले संसोधनसहित स्वीकृत गरेको छ ।

Womui
Womui