गोल्डकपको फाइनलमा सुदुरपश्चिम र एपिएफ भिड्दै

65

नेपालगन्ज, बैशाख २३-

यति सिमेन्ट नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोेगिताको फाइनल बिहीबार(आज) हुदैछ । फाइनलमा सुदुरपश्चिम–११ र सशस्त्र प्रहरीको एपिएफ क्लब भिड्ने भएका छन् । एपिएफले वेष्ट काठमाडौं एफसीलाई र सुदुरपश्चिम–११ ले त्रिभुवन आर्मी क्लबलाई हराएर यसअघि फाइनलमा प्रवेश गरेका थिए । आयोजक बाँके जिल्ला फुटबल संघका अनुसार फाइनल खेल दिउँसो ३ बजे नेपालगन्ज रंगशालामा सुरु हुनेछ । समापन समारोहमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ प्रमुख अतिथी, अतिरिक्त प्रहरी महानिरिक्षका(एआइजी) विज्ञानराज शर्मा विशिष्ट अतिथी तथा अन्य अतिथीहरुको उपस्थिती रहने फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । ‘समापन कार्यक्रमलाई भव्य रुपले सम्पन्न गर्न आवश्यक तयारी पुरा भइसकेको छ,’ शाहीले भने ‘प्रचण्ड गर्मिका बाबजुद पनि यस प्रतियोगितामा खेलाडीले खेल्नुभयो र दर्शकले पनि राम्रो साथ दिनु भयो, हामी आभारी छौं ।’ आगामी वर्षबाट गोल्ड कप प्रतियोगितालाई मंसिर÷पुस महिना मै सञ्चालन गर्ने अध्यक्ष शाहीले प्रतिवद्धता जनाए ।

नेपालगन्ज रंगशालामा सोमबार सुदुरपश्चिम–११ (निलो) र त्रिभुवन आर्मी क्लबका खेलाडी भिड्दै ।
 सुदुरपश्चिम–११ (निलो) र त्रिभुवन आर्मी क्लबका खेलाडी भिड्दै । फाइल तस्बिर 

फाइनल खेल्ने एपिएफ र सुदुरपश्चिमले उपाधी जित्ने दावी गरेका छन् । एपिएफका प्रशिक्षक कुमार थापाले भने, ‘हामीलाई विश्वास छ, उपाधी हामीले नै जित्छौं ।’ ३५ वर्षपछि नेपालगन्जमा आयोजना गरिएको गोल्ड कप प्रतियोगितामा फाइनल खेल्न पाउनु नै ठुलो उपलब्धी भएको उनको भनाई छ । गर्मि मौसममा पनि दोस्रो वरियताका खेलाडीले नेपालगन्ज आएर राम्रो खेल प्रर्दशन गरेको भन्दै प्रशंसा गरे । सुदुरपश्चिमका प्रशिक्षक सुरेश हमालले उपाधी जित्नेमा आफु पुर्ण रुपमा विश्वस्त रहेको बताए । उनले भने, ‘खेलको निरन्तर चाप भएपनि हाम्रा खेलाडीले राम्रै खेल्छन भन्ने विश्वास मलाई छ,’ हामीलाई सुदुरपश्चिमका दाजुभाई र नेपालगन्जका दर्शकले अवश्यपनि साथ दिनुहुनेछ ।’ सेमिफाइनल खेलमा सहभागि खेलाडीलाई नै फाइनलमा उतार्ने योजना बनाएको प्रशिक्षक हमालको भनाई छ । प्रतियोगिताका संयोजक एवम् एन्फाका केन्द्रिय सदस्य प्रदेसिंह राठौरले समापन समारोहमा खेल अवलोकन गर्ने दर्शकको सहभागिता अत्यधिक रहने विश्वास गरेका छन् । ‘अन्तिम खेल भएका कारण फाइनल हेर्न धेरै दर्शकहरु आउनुहुन्छ, त्यसको सम्पुर्ण व्यवस्थापन गरेका छौं,’ उनले भने ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले गोल्ड कप प्रतियोगिताले फुलबलको क्रेज बढाएको बताए । खेल सञ्चालन अवधीभर रंगशालामा देखिएको दर्शकको उपस्थितीले फुटबलको महत्व दर्शाएको उनको भनाई छ । प्रतियोगिता सञ्चालनका लागि क्षेत्रीय खेलकुद विकास समितिले फुटबल संघसँग समन्वय गरेको अध्यक्ष ओलीले बताए । स्थानीय शान्ति समितिका संयोजक तेजविक्रम शाहले लामो समयको अन्तरलापछि आयोजना गरिएको गोल्ड कप फुटबल प्रतियोगिता सफलतापुर्वक समापन हुन लागेको बताए । उनले भने, ‘यो प्रतियोगिता निकै प्रशंसनिय छ, आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्छ, यसका लागि हामी सबैले आ–आफ्नो क्षेत्रबट सहयोग गर्नेछौं ।’

प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५० हजार र उप–विजेताले १ लाख, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न ७ वटा विधामा १५÷१५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक दिनको खेलमा म्यान अफ द म्याच घोषणा गरेर मोबाइल सेट प्रदान गरिएको छ । नेपालगन्जमा ३५ वर्षपछि भएको प्रतियोगितामा ए डिभिजन अन्तर्गतका सरस्वती क्लब, एपिएफ र त्रिभुवन आर्मी क्लब तथा नेपालगन्ज–११, सुदुरपश्चिम–११, रुपन्देही–११, भारतको लखनउ–११ र वेष्ट काण्डमाडौं एफसी सहित कुल ८ वटा समुह सहभागी भएका थिए ।

Womui
Womui