सरकार परिवर्तन तथ्य र अाधारहीनः गौतम

89
काठमाडौं वैशाख ४-
bamdevनेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वर्तमान सरकार परिवर्तन हुने केही तत्वले हल्ला मात्र चलाएको बताएका छन् ।  नेकपा एमाले प्यूठान–काठमाडौँ सम्पर्क मञ्चद्वारा नयाँ वर्षको उपलक्ष्यमा शनिबार राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता गौतमले सरकार परिवर्तनबारे कुनै तथ्य र आधार नभएको बताएका हुन् ।
 एमाले नेतृत्वको सरकारले सरकारमा सहभागी सबै दललाई यथोचित स्थान दिएकाले हालकाे सरकारको संरचनात्मक आधार बलियो भएको बताउँदै गौतमले नेपालमा कुनै किसिमको जातीय र भाषिक विभेद नभएकाले यही सरकारले स्थानीय निर्वाचन गराउने ठोकुवा गर्दै पार्टी कार्यकर्तालाई त्यसतर्फ लाग्न निर्देशन दिएका थिए ।
Womui
Womui