जडिबुटी व्यवसायी संघका अध्यक्ष अन्सारी जेल चलान

42

नेपालगन्ज, चैत ५–
प्रतिवन्धित झ्याउ अवैध रुपमा भण्डारण तथा ओसार्ने काममा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाल जडिबुटी व्यवसायी संघका केन्द्रिय अध्यक्ष मोहम्मद याकुब अन्सारी जेल चलान भएका छन् । बाँके, जिल्ला अदालतका न्यायाधीश बलराम त्रिपाठीको एकल इजलासले प्रतिवन्धित झ्याउ ओसार पसार सम्वन्धी मद्दामा अन्सारीलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रकृया अगाडी बढाउने आदेश दिएको हो । आदेशपछि अन्सारीलाई जिल्ला कारागार बाँकेमा चलान गरिएको छ ।

yakub

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो र मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले गत फागुन ९ गते नेपालगन्जका १३ वटा जडिबुटीको गोदाममा छापा मारेकोमा राँझास्थित अन्सारीको गोदामबाट ५ सय ४२ बोरा (झण्डै १ सय ३५ क्वीन्टल) प्रतिवन्धित जडिबुटी झ्याउ फेला पारेको थियो । व्यवसायी अन्सारी प्रतिवन्धित जडिबुटी झ्याउ भन्डार र ओसार पसारमा संलग्न रहेको ठहर गर्दै २ लाख ३ हजार २ सय ५० रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना, एक वर्ष कैदको माग गर्दै जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरेको वन कार्यालयले जनाएको छ ।

Womui
Womui