अपराध अभिलेख खोज्न सबै जिल्लामा पत्र

56

काठमाडौं, चैत ४–
एमाओवादी सभासद् ल्हारक्याल लामाको आपराधिक पृष्ठभूमि र घटनाबारे जानकारी गराउन महानगरीय प्रहरीले सबै जिल्ला प्रहरी कार्यालयहरूलाई पत्र पठाएको छ । बैंक लकरमा गोली फेला परेपछि अनुसन्धानमा तानिएका लामाको अन्य अपराधमा समेत संलग्नता हुनसक्ने देखिएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंले बुधबार सबै जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गरेको हो । लामाको बैंक लकरमा १४ राउन्ड गोली फेला परे पनि प्रहरीले सो गोली प्रयोग हुने हतियार भने फेला पार्न सकेको छैन ।

larkyal-lama

प्रारम्भिक बयानमा लामाले ती गोली परिचित एक भारतीयले दिएको दाबी गरे पनि उनले भनेका ती व्यक्ति फेला नपरेपछि प्रहरी उनका अन्य आपराधिक गतिविधिको अनुसन्धानमा केन्द्रित भएको हो । परिसरले बुधबार लामाविरुद्ध कुनै उजुरी छ या छैन सोको जानकारी माग’ गर्दै जिल्ला प्रहरी कार्यालयहरूलाई पत्र पठाएको हो ।

अवैध गोलीको अनुसन्धानमा प्रहरी हिरासतमा रहेका उनी वैदेशिक रोजगार विभागको सूचीमा ठगीका फरारसमेत हुन् । परिसरका प्रवक्ता एसपी प्रद्युम्न कार्कीका अनुसार लामाको पृष्ठभूमि र सक्रियता हेर्दा अन्य जिल्लामा समेत उनीविरुद्ध उजुरी हुनसक्ने देखिएपछि सबै प्रहरी कार्यालयसँग जानकारी माग गर्दै पत्र पठाइएको हो । आजको नागरिकमा खबर छ ।

Womui
Womui