बालविकास केन्द्रलाई सामाग्री प्रदान

154

नेपालगन्ज, चैत ३–
बाँकेको राप्तीपारी बैजापुर गाविसमा सञ्चालित एक प्रारम्भिक बालविकास केन्द्रलाई बाँके युनेस्को क्लबले २० हजार रुपैयाँ बराबरको कक्षा कोठा ब्यवस्थापन सामाग्री प्रदान गरेको छ । बैजापुर–६ साईपुरमा स्थापना गरिएको प्रारम्भिक बाल विकास केन्द्रलाई सामाग्री प्रदान गरिएको हो ।

सामाग्री प्रदान गर्दै बाँके यूनेस्को क्लबका अध्यक्ष सिद्दिकी लगायत ।
सामाग्री प्रदान गर्दै बाँके यूनेस्को क्लबका अध्यक्ष सिद्दिकी लगायत ।

बालविकास केन्द्रका बालबालिकालाई भुईमा बस्ने कुनै राम्रो ब्यवस्था नहुँदा चिसो माटोमा बसेर अध्ययन गर्नुपर्ने भएकाले क्लबले पीफोम, कार्पेट र बस्ने कुशन प्रदान गरेको छ । साईपुरस्थित बाल विकास केन्द्रमा आयोजित एक कार्यक्रमकाबीच क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, वरिष्ठ उपाध्यक्ष सिराज खान तथा कार्यकारी निर्देशक रवि तुलाधरले संयुक्त रुपमा बालविकास केन्द्र ब्यबस्थापन समितिका अध्यक्ष सुशिला थारु, संस्थापक अध्यक्ष मनबुझावन थारु र सहयोगी कार्यकर्ता बिना थारुलाई सामाग्री हस्तान्तरण गरेका थिए ।

Womui
Womui